धादिङ, तिप्लिङ — रुबी भ्याली गाउँपालिका वडा नं. १ स्थित पुरु लिङ्जो सडक विस्तारको क्रममा स्काभेटर दुर्घटना भएको छ। बिहान करिब १० बजे सडक खन्ने क्रममा माथिबाट ढिस्को खसेर स्काभेटर पुरिँदा मेसिनमा क्षति पुगेको हो।
सौभाग्यवश, उक्त घटनामा मानवीय क्षति भने नभएको स्थानीय कार्यपालिका सदस्य हिमाल घलेले जानकारी दिए।
यस अघिपनि यही सडक खन्ने क्रममा स्काभेटर पुरिँदा मानवीय क्षति समेत भएको घटना घटिसकेको छ। जोखिमयुक्त भूगोल भएकाले सडक निर्माणमा विशेष सतर्कता अपनाउनुपर्ने स्थानीयले बताएका छन्।