धादिङ । नेवा राष्ट्रिय मुक्तिमोर्चा नेपाल धादिङको जिल्ला भेला बिहीबार धादिङबेसीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। भेलाले नेम बहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ।
नवगठित कार्यसमिति:
अध्यक्ष : नेम बहादुर श्रेष्ठ
उपाध्यक्ष : नारायण कुमार श्रेष्ठ
उपाध्यक्ष : शुक्र कुमार श्रेष्ठ
सचिव : नवराज श्रेष्ठ ‘चट्टान’ लगायत १६ सदस्यीय कार्यसमितिको गठन गरिएको छ
भेलामा संगठन सुदृढीकरण, स्थानीय तहमा जनस्तरको सहभागिता वृद्धि, र नेवा समुदायको हकअधिकारको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र धादिङका जिल्ला इन्चार्ज पुस्प बिक्रम मल्ल रहेका थिए भने अतिथिहरूमा अप्सरा सिमखडा, विजय बुल्लाकोटी, सम्भु कुमार श्रेष्ठ, अमृत तामाङ लगायतको आतिथ्यता रहेको थियो।