काठमाडौ । धार्मिक तपस्वीको रुपमा चिनिने रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले बाल यौन दुराचारसम्बन्धी मुद्दामा सफाइ दिएको छ।
न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको निर्णय उल्टाउँदै बम्जनसहित ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई समेत सफाइ दिएको हो।
उच्च अदालत जनकपुरका उपरजिष्ट्रार सुशिल यादवका अनुसार अदालतले चैत ६ गते फैसला सुनाएको हो। त्यसको भोलिपल्ट, चैत ७ गते, उनीहरूलाई कारागारमुक्त गरिएको जानकारी दिइएको छ।
बम्जन सन् २०२४ (वि.सं. २०८० पुस २४) मा पक्राउ परेका थिए। उनका विरुद्ध आफ्नै अनुयायीमाथि दुर्व्यवहार, यौन हिंसा र वेपत्ता बनाएको आरोप लाग्दै आएको थियो।
अदालतको फैसलापछि उनी सिन्धुपाल्चोकस्थित कारागारबाट छुटेका छन्।