“बेस्ट मिडिया अवार्ड २०८२” का लागि आवेदन खुला

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमहरूलाई लक्षित गर्दै “बेस्ट मिडिया अवार्ड २०८२” का लागि आवेदन आह्वान गरेको छ।

महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड नेपाली सञ्चार माध्यमहरूमा लैंगिक समानता र सामाजिक समावेशीकरणमा आधारित असल अभ्यासलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको हो। सुरक्षित पत्रकारितालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको यस अवार्डमा भाग लिन चाहने सञ्चार संस्थाहरूले वैशाख १२ गते (अप्रिल २५) भित्र आवेदन दिनुपर्नेछ।

आवेदनका लागि मापदण्ड अनुसार नेपालमा विधिवत दर्ता भएका निजी, सरकारी, सामुदायिक वा गैर–नाफामूलक सञ्चारमाध्यमहरू, कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका र नियमित वार्षिक नवीकरण गरेका माध्यमहरू पात्र मानिनेछन्।

इच्छुक सञ्चारमाध्यमहरूले तलको लिंक मा गई अनलाइन फारम भरेर आवेदन दिन सक्नेछन्।
https://forms.gle/NXA7UtoJHeXhuZ517

अवार्ड वितरण समारोह भने आगामी वैशाख २० गते (मे ३ – विश्व प्रेस स्वतन्त्रता दिवस) मा हुनेछ।