Foodies Hub रेस्टुरेन्टमा नयाँ वर्ष विशेष लाइभ म्युजिक कन्सर्ट हुने

काठमाडौं, टोखा रोड। हालै नयाँ व्यवस्थापनको साथ संचालनमा आएको Foodies Hub रेस्टुरेन्ट, Lord Palace Banquet नजिकै, नयाँ वर्षको अवसरमा विशेष लाइभ म्युजिक कन्सर्ट आयोजना गर्न लागेको छ।

कार्यक्रममा Voice of Nepal Season 4 की प्रतिस्पर्धी सरु राई र Season 2 का प्रतिभावान गायक डम्बर हिमरङ ले आफ्ना प्रस्तुति दिनेछन्। त्यस्तै, धादिङका चर्चित “मेन्दोमाया” गायक राज गोम्जा तामाङ समेत कार्यक्रममा प्रस्तुति दिनेछन्।

कार्यक्रम साझ ५ बजेबाट सुरु हुने रेस्टुरेन्टका सञ्चालक आदर्श तामाङले जानकारी दिनुभयो। उहाँले नयाँ वर्षलाई विशेष उत्सवको रूपमा मनाउन सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो।

Foodies Hub मा नेपाली, भारतीय तथा पश्चिमी स्वादका परिकारहरू—म:म, बर्गर, पिज्जा, मासुका परिकारहरू, विभिन्न पेयपदार्थ, कफी तथा शिशा हुक्का समेत उपलब्ध छन्।

थप जानकारीको लागि सम्पर्क: 9765197029