धादिङ कि सुजिता अधिकारी ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ को विजेता बन्न सफल

धादिङ । सिद्धलेक – ७, आदमटारकी सुजिता अधिकारीले ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को उपाधि जितेकी छन्। हाल गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत उनले देशभरबाट छनोट गरिएका प्रतिस्पर्धीहरूलाई उछिन्दै शीर्ष स्थान हात पारिन्।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा १० जना प्रतिस्पर्धी सहभागी भएका थिए। भोटिङको माध्यमबाट विजेता छनोट गरिने प्रणालीअनुसार सुजिताले सबैभन्दा बढी भोट प्राप्त गर्दै उपाधि सुरक्षित गरेकी हुन्। साथै, उनको कला, प्रस्तुति र आत्मविश्वासले निर्णायक र दर्शकहरूलाई आकर्षित गरेको बताइएको छ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै सुजिताले गाउँबाट सुरु भएको यात्राले आफूलाई नयाँ अवसरसम्म पुर्‍याएको उल्लेख गर्दै यो उपलब्धिलाई सम्पूर्ण धादिङवासीको सफलता भनेर व्यक्त गरिन्।

उनको सफलतालाई स्थानीय युवावर्ग, शैक्षिक र सामाजिक क्षेत्रले प्रेरणादायी उपलब्धिको रूपमा लिएको छ।