चीनले पनि सबै अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार महसुल महसुल घोषणा

अन्तर्राष्ट्रिय खबर । चीन र अमेरिका बीचको व्यापार विवाद झनै तीव्र बन्दै गएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा १०४ प्रतिशत आयात कर लगाएपछि चीनले त्यसको प्रतिकार गर्दै अमेरिकाबाट आउने सबै सामानमा ८४ प्रतिशत भन्सार महसुल घोषणा गरेको छ।

चिनियाँ वित्त मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा यो महसुल भोलिदेखि लागू हुने जनाइएको छ।

यसअघि चीनले ३४ प्रतिशत महसुल तोकेको थियो, तर ट्रम्पले पुनः कर वृद्धि गरेपछि चीनले पनि प्रतिक्रिया स्वरूप महसुल बढाएको हो।

ट्रम्पले कर लगाउने निर्णयपछि अन्य देशहरू वार्ताका लागि तयार हुँदै आएको दाबी गरे पनि चीन भने झुक्ने पक्षमा देखिएको छैन। उसले ट्रम्पको निर्णयलाई “निरन्तर गल्ती”को संज्ञा दिएको छ।

विशेषज्ञहरूका अनुसार यो व्यापारिक तनावले दुई महाशक्तिबीचको सम्बन्धमा मात्र होइन, विश्व बजारमा समेत नकारात्मक प्रभाव पार्न सक्छ।