धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा तथा गाउँपालिकाभित्र कार्यरत विभिन्न सहकारी संस्थाहरूको सहकार्यमा “मर्यादित सहकारी; समुन्नत समाज” मूल नारासहित ६८औं राष्ट्रिय सहकारी दिवस – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
उक्त विशेष समारोहमा गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा समुदायमा छरिएको पूँजीलाई परिचालन गर्ने तथा बैंकिङ पहुँचभन्दा बाहिर रहेका विपन्न वर्गलाई आर्थिक रूपान्तरणको मूल प्रवाहमा ल्याउने सहकारीको भूमिकाबारे चर्चा गरिएको थियो।