धादिङ । काठमाडौंको तीनकुने घटनासँग सम्बन्धित व्यक्तिहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ।
पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवल समशेर राणासहित पक्राउ परेका कार्यकर्ताहरूको शीघ्र रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङमार्फत उक्त ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा तीनकुने घटनाका क्रममा केही व्यक्तिहरूले ढुंगा, अश्रुग्यास र गोली प्रहार गरेको उल्लेख गर्दै सो घटनाले परिस्थितिलाई जटिल बनाएको जनाइएको छ।
यसैबीच, सरकारले स्थिति नियन्त्रण गर्न नसकेको भन्दै असन्तोष व्यक्त गरिएको छ। पार्टीले आफ्ना कार्यकर्ताहरूको रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ।