काठमाडौ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले विशेष निगरानीमा राखेको छ। शुक्रबार रातिदेखि उनको निवासमा सुरक्षा सतर्कता बढाइएको छ, जसअनुसार उनलाई बाहिर निस्कन नदिइने व्यवस्था गरिएको छ।
सरकारले उनको गतिविधिलाई सीमित गर्दै सुरक्षा कटौती गरेको छ। पूर्वराजाका लागि खटिएका सुरक्षाकर्मी घटाएर नयाँ व्यवस्था गरिएको बताइन्छ। साथै, उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइरहेको छ।
यसबीच, सरकारको दाबी अनुसार, केही समूहहरूले हिंसात्मक गतिविधि बढाउने प्रयत्न गरिरहेका छन्। पूर्वराजासँग निकट भनिएका केही व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको बताइएको छ।
सरकारले शान्ति सुरक्षालाई प्राथमिकता दिँदै पूर्वराजाका गतिविधिमा निगरानी बढाउने निर्णय गरेको छ।