धादिङ, तिप्लिङ । रुबी भ्याली गाउँपालिकाको वडा नं.१ स्थित पाङसाङ क्षेत्र सहित उच्च हिमाली भागमा बाक्लो हिमपात भएको छ ।
समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङ्साङ पासबाट सुन्दर हिमशृंखलाहरू गणेश हिमाल, पाविल हिमाल, लाङटाङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण हिमाल र प्याल्दोर पिक नजिकैबाट नियाल्न सकिन्छ ।
रुबी भ्यालीको पर्यटन प्रवर्द्धनका निम्ति गाउँपालिकाका कर्मचारीहरुको टोलीद्वारा पाङसाङ क्षेत्रमा अनुगमन तथा अवलोकन भ्रमण गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले बताए ।
नुवाकोट र रसुवाको स्याफ्रुबेासी हुँदै पनि पाङसाङ पास पुग्न सकिन्छ । त्यस्तै सदरमुकाम धादिङबेसी हुँदै पनि जान सकिन्छ ।
(तस्वीर : डा.नितिश यादव)