धादिङ । जय बागेश्वरी बहुमुखी क्याम्पस, मलेखुमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका अनुनय सिलवाल सभापतिमा निर्वाचित भएका छन । निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीचको गठबन्धनलाई पराजित गर्दै जित हासिल गरिएको हो।
मतगणना सम्पन्न भएपछि सिल्वाललाई विजयी घोषणासँगै विद्यार्थी समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। क्याम्पसको विद्यार्थी राजनीतिमा यो जितले नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।
स्ववियु निर्वाचनमा कडा प्रतिस्पर्धा भए पनि शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भएको थियो।