धादिङ । नेकपा माओवादी केन्द्र रूबी भ्याली गाउँपालिका समितिको प्रथम पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, वडास्तरीय संरचनाको विस्तार तथा आगामी कार्ययोजना कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
पालिका अध्यक्ष करिमान तामाङको अध्यक्षता तथा पालिका इन्चार्ज मिम्बा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बागमती प्रदेश सभा सदस्य एवम् पालिका अध्यक्ष रामसिङ तामाङ लगायतको उपस्थिति रहेको थियो।
बैठकले चैत मसान्तसम्म सबै वडाहरूको बैठक तथा पालिकास्तरीय जनवादी संगठन (जबस) र मोर्चाको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, संगठनलाई थप प्रभावकारी बनाउन विभिन्न पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ।
पालिका तहमा जिम्मेवारी बाँडफाँट
जबस सम्हाल्ने जिम्मेवारी: म्लङ्गे तामाङ (पालिका सचिव), लालिमाया तामाङ (पालिका कोषाध्यक्ष), गजेन्द्र गुरुङ (पालिका उपाध्यक्ष)
मोर्चा सम्हाल्ने जिम्मेवारी:विपिन तामाङ (पालिका उपाध्यक्ष), नरबहादुर गुरुङ (पालिका उपाध्यक्ष)
वडास्तरीय जिम्मेवारी
वडा नं. १ – करिमान तामाङ (पालिका अध्यक्ष)
वडा नं. २ – बबिल घले (पालिका सह-सचिव), रामबहादुर तामाङ
वडा नं. ३ – लालिमाया तामाङ (पालिका कोषाध्यक्ष)
वडा नं. ४ – विपिन तामाङ (पालिका उपाध्यक्ष)
वडा नं. ५ – म्लङ्गे तामाङ (पालिका सचिव)
वडा नं. ६ – नरबहादुर गुरुङ (पालिका उपाध्यक्ष), गजेन्द्र गुरुङ (पालिका उपाध्यक्ष)
बैठकमा वडा नम्बर ५ निवासी सुनार तामाङले नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरिएको थियो।