काठमाडौ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका अन्तर्गत नेपाली भाषा साहित्य समितिले २०२५ का लागि कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। “के म नेपाली हैन र?” शीर्षकमा आधारित यो प्रतियोगितामा नेपाली भाषी कविहरूले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले सन् २०२५ मार्च ३१ (वि.सं. २०८१ चैत्र १८) भित्र आफ्नो मौलिक र अप्रकाशित कविता पठाउनुपर्नेछ। आयोजक समितिले छनोट गरिएका उत्कृष्ट कविताहरूलाई ‘साहित्य सौरभ’ पत्रिकामा प्रकाशन गर्ने योजना बनाएको छ।
प्रतियोगिताका नियम तथा सर्तहरू
कविता अधिकतम २०० शब्द सम्मको हुनुपर्नेछ।
प्रत्येक प्रतियोगीले एउटा मात्र कविता पठाउन सक्नेछन्।
निर्णायकहरूको निर्णय अन्तिम हुनेछ।
कवितासँगै सम्पर्क नम्बर, पासपोर्ट साइज फोटो, र संक्षिप्त परिचय अनिवार्य रूपमा पठाउनु पर्नेछ।
समयसीमाभित्र प्राप्त भएका मात्र कविताहरू प्रतियोगितामा समावेश गरिनेछन्।
पुरस्कार विवरण
🏆 प्रथम पुरस्कार: ६०० डलर
🥈 द्वितीय पुरस्कार: ४०० डलर
🥉 तृतीय पुरस्कार: ३०० डलर
🏅 सान्त्वना पुरस्कार (३ जनालाई): जनही १०० डलर
कविता पठाउने ठेगाना
[email protected]
प्रतियोगिताको उद्देश्य नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्नु हो। आयोजक समितिले विश्वभरका नेपाली साहित्यप्रेमीहरूलाई यस अवसरको उपयोग गर्न आग्रह गरेको छ।