त्रिपुरासुन्दरीको आगिञ्चोक देखि नरसिंहधाम सम्म होली पर्वको अवसरमा रथ यात्रा सम्पन्न

धादिङ । होली पर्वको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोक स्थित स्फटिक खम्बादेखि नरसिंहधाम सम्म भव्य रथ यात्रा आयोजना गरिएको छ। स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई संरक्षण गर्दै भक्तजनहरूको उत्साहपूर्ण सहभागितामा मंगलबार रथ यात्रा सम्पन्न भएको हो।

रथ यात्राको शुभारम्भ समारोहमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रवक्ता कुश बहादुर सिटौला, वडा अध्यक्ष हरि बि.क. लगायत जनप्रतिनिधि तथा स्थानीय भक्तजनहरूको उपस्थितिमा गरिएको थियो।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो रथ यात्राले परम्परा देखि चल्दै आएको संस्कृतिको संरक्षण गर्दै आस्था, एकता र समृद्धिको सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्। साथै सहभागीहरूले परम्परागत बाजागाजासहित रथयात्रालाई भव्य रूपमा सम्पन्न गरेका थिए।