धादिङको धार्केमा बोलेरो दुर्घटना: ९ जना घाइते, ७ जनालाई ट्रमा सेन्टर रिफर

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ धार्केमा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २:२५ बजे धार्के–सितापाइला सडकखण्डमा बा.प्र.०१-०३१ च १८३८ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर सडकमा पल्टिँदा गाडीमा सवार यात्रुहरू घाइते भएका हुन्।

दुर्घटनामा परेर धादिङका विभिन्न स्थानका ९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको प्राथमिक उपचार धार्केस्थित राजु मेडिकलमा गरिएको थियो भने ७ जनालाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।

घाइतेहरूको अवस्था:

१. निर्मला खतिवडा (४०), सातकिल्ला, धादिङ – दाहिने हातमा चोट, अवस्था मध्यम
२. रिता काफ्ले (४०), धुनिवेशी–६ – टाउकोमा चोट, अवस्था मध्यम
३. भगवती रेग्मी (४०), थाक्रे–९ – दाहिने हात र शरीरमा चोट, अवस्था सामान्य
४. रेनुका गौतम (३५), धुनिवेशी–४ – शरीरका विभिन्न भागमा चोट, अवस्था सामान्य
५. रञ्जिता कोईराला (३८), धार्के – दाहिने हातमा चोट, अवस्था मध्यम

  1. मनिष बास्कोटा (२३), महेशफाँट – दुवै हातमा चोट, अवस्था मध्यम
  2. शारदा पाण्डे (५५), धार्के – भित्री चोट, अवस्था मध्यम
  3. बिबेक अधिकारी (२९), महेशफाँट – बायाँ हातमा चोट, अवस्था मध्यम (साईबाबा सामुदायिक अस्पतालमा उपचार भइरहेको)
  4. मैना लामा (३५), धार्के – गालामा चोट, अवस्था सामान्य

प्रहरीको प्रतिक्रिया:

दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय (इ.प्र.का.) खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। बोलेरो चालक सिदान्त खरेकुललाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा महिन्द्राको मैक्सिमो गाडी पनि रहेको बताइएको छ, जसले दुर्घटनासँग कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। इलाका प्रहरी कार्यालय खानिखोला घटनास्थलबाट करिब ४ किलोमिटर पूर्वमा रहेको छ।

(थप विवरण आउन बाँकी…)