धादिङ । नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तर्गत रुवीभ्यालीमा पालिका स्तरीय बैठक र वडा स्तरीय बैठकको लागि छलफल र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यो अभियान एमालेले नेतृत्व गरिरहेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्दै संगठन सुदृढीकरण गर्न सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले पालिका कमिटी अध्यक्ष नरमान तामाङले गरेका थिए। प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी थिए भने विशेष अतिथि बागमती प्रदेश सदस्य इमान तामाङ रहेका थिए।
अतिथिहरूमा जिल्ला उपसचिव भक्त बहादुर लामिछाने, उत्तम अधिकारी, प्रज्वल तामाङ, पुरन तामाङ, हेम थापा तामाङ, पेन्बा घले र बागमती प्रदेशको स्वास्थ्य विभाग सदस्य प्रेम तामाङ पनि उपस्थित थिए।
जरा अभियानका प्रमुख उद्देश्यहरू:
सदस्यता नवीकरण र विस्तार गर्दै कूल मतदाताको ६ प्रतिशत लक्ष्य राख्ने।
टोल तहसम्म अधिवेशन आयोजना गर्ने र कम्तीमा एक तिहाइ युवा समेट्ने।
सबै जनसंगठनको सदस्यता विस्तार गर्दै समुदायको नेतृत्वको रूपमा स्थापित गर्ने।
सामाजिक सञ्जालमा पार्टीको पक्षमा प्रचार गर्ने र भ्रम चिर्ने।
पार्टीको प्रचार डेस्क स्थापना र प्रचारमा सक्रियता बढाउने।
संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने।
जनताको घर-आँगनसम्म पुगेर सुझाव र गुनासो संकलन गर्दै समृद्धिको कार्यक्रम तयार पार्ने।
आगामी २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने।
पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउने प्रशिक्षण दिने।
यो अभियान तीन महिना अवधिमा सम्पन्न हुने र त्यसको समीक्षाका आधारमा वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको छ।