धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) निलकण्ठ बहुमुखी क्याम्पस इकाइ कमिटीको छैटौं सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नयाँ नेतृत्व चयनसँगै संगठनलाई अझ सक्रिय बनाउने तथा विद्यार्थी हकहितका मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नवगठित कार्यसमितिहरुको नामावलीहरु
अध्यक्ष: संगीत तामाङ
उपाध्यक्षहरू: सरस्वती बि.क., निरोज श्रेष्ठ, शिशिर तामाङ
सचिव: दीक्षा श्रेष्ठ
सह-सचिवहरू: प्रभाकर रिजाल, कृष्टिका नेपाली, करिना बि.क.
कोषाध्यक्ष: मिना श्रेष्ठ सहित अन्य ३१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
कार्यक्रमको अध्यक्षता इस्वर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख अतिथि उद्दव रिजाल रहेका थिए। कार्यक्रममा विशेष अतिथि मनराज भण्डारी तथा अतिथिहरू दिपक विश्वकर्मा, सम्भु कुमार श्रेष्ठ, अमृत तामाङ, श्रीकृष्ण रिजाल उपस्थित रहेका थिए। अतिथिहरूले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।
सम्मेलनमा विद्यार्थी संगठनको सशक्तीकरण, शैक्षिक सुधार, तथा विद्यार्थी अधिकार संरक्षणका विषयमा छलफल गरिएको थियो। नवगठित कार्यसमितिले विद्यार्थी समस्याहरूलाई उठान गर्दै शैक्षिक तथा संस्थागत सुधारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनले संगठनलाई अझ सशक्त बनाउन तथा विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।