धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ ।
सोमबार ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।
केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
मृतक शिशुको शव करिव ३ किलोको रहेको छ।
शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले घिसारेर बारीको पाटामा पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
शव पोष्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायव उपरिक्षक हमालले जानकारी दिनुभयो।