धादिङ । नेकपा माआवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भरत थापा, उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा दिपक काफ्ले र सह सचिवमा सीता तामाङलाई चयन गरेको छ ।
सदस्यहरुमा मानबहादुर मगर, सुरज परियार, निस्चता तामाङ, मु परियार, देवबहादुर तामाङ, हरिराम तामाङ, दुखी महतो, टिका गुरुङ र एबी थिङ चयन भएका छन् ।
शुक्रबार अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेशका अध्यक्ष मिलन लामाको प्रमुख आतिथ्यता, बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माआवादी केन्द्र धादिङको संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यतामा भएको पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन शंकर तामाङ चयन भएका छन् ।