जिल्ला युवा समिती धादिङ द्वारा किशोरीहरुका लागि आत्मरक्षा सबन्धी २ दिने तालिम संचालन

धादिङ । नीलकण्ठ न.पा. २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा किशोरीहरुका लागि आत्मरक्षा सबन्धी २ दिने तालिम सुरु भएको छ ।

बुधबार जिल्ला युवा समिती धादिङको आयोजनामा प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा २ दिने आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको हो ।

प्रदेश युवा स्वयंसेवक सपना दाहालको अध्यक्षतामा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने प्रशिक्षकमा गौरी माया तामाङ (बेति माया तामाङ) हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र नेपाल लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

बुधबारबाट सुरु भएको तालिम आज समापन हुने आयोजकले जनाएको छ ।