चौथो म्हेन्दोमाया म्युजिक अवार्ड २०८१ को आवेदन खुल्ला

धादिङ । तामाङ कला, स्रस्टा र सर्जकको सम्मान तथा प्रोत्साहनको लागि आयोजना हुन गइरहेको चौथो म्हेन्दोमाया म्युजिक अवार्ड २०८१ को आवेदन खुल्ला गरिएको छ । उक्त अवार्ड कार्यक्रमको आयोजना बर्ल्हुम्हेन्दो डिजिटल कम्पनी र कर्स्योल मिडिया को संयुक्त आयोजनामा हुने अवार्ड आयोजकका म्यानेजर मन बहादुर गुरुङ (Mb Gurung) ले जानकारी दिनु भयो ।

अवेदानको फर्म नयाँ कलाकार र पुराना कलाकार गरि मुख्य दुई तरिकाले भर्न सकिने छ भने बिधा चाहि फरक फरक रहने आयोजकले जनाएको छ ।