रुबीभ्याली आधारभूत अस्पतालको लागि एम्बुलेन्स खरिद: इमर्जेन्सी अवस्थाको बिरामीलाई सहज हुने

धादिङ । जिल्लाको भौगोलिक रुपमा सबै भन्दा विकट गाउँपालिकाको रुपमा परिचीत रुबीभ्यालीको स्थानीय जनताको स्वास्थ सेवालाई मध्य नजर गर्दै एम्बुलेन्स खरिद गरिएको छ ।

हिमालयन हेल्थ केयरको करिब २३ लाख आर्थिक सहयोगमा रुबीभ्याली आधारभूत स्वास्थ अस्पतालको नामामा, आवश्यक सम्पुर्ण गाउँपालिकाले प्रक्रिया पूरा गरि खरिद गरिएको बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु भए सगै इमर्जेन्सी अवस्थामा बिरामीलाई स्थानीय स्वास्थ केन्द्र वा जिल्ला अस्पताल लगायतका स्वास्थ केन्द्रमा बिरामीलाई पुर्याउन मद्दत पुग्ने बिश्वास छ ।