धादिङका रेडक्रस कर्मी तथा समाजसेवी श्रेष्ठ नेसनल सोसल वेयलफेयर अवार्ड बाट सम्मानित

 
धादिङ । एम्बुलेन्स अंकलको नामले परिचित रेडक्रस कर्मी तथा समासेवी नारायणकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमका बिच श्रेष्ठलाई सिजन मिडियाले सम्मान गरेको हो । श्रेष्ठ
नेसनल सोसल वेयलफेयर अवार्ड सम्मानित हुनुभएको हो । वि.स. २०७२ सालको भुकम्पमा उद्धारमा खटेको समयमा नागरिकहरुलाई एम्बुलेन्स अंकलनको नामले सम्बोधन गर्ने गरेका थिए ।

धादिङमा रक्तदान कार्यक्रम सँगै विभिन्न घट्नाहरुमा निस्वार्थ सेवा गर्दै आउनु भएका श्रेष्ठ प्राथमिकता उपचार सम्बन्धी प्रशिक्षक पनि हुनुहुन्छ । श्रेष्ठले हाल ६० पटक रक्तदान गरिसक्नु भएको छ । राजमार्ग क्षेत्र लगायत जिल्लाको विभिन्न स्थानमा हुने दुर्घटनामा श्रेष्ठ अग्रपंक्तिमा रहेर उद्धार गर्दै आईरहनुभएको छ ।