रुबीभ्याली ६ को रिचेत गुरुङ गाउँमा होमस्टे सन्चालन सम्बन्धि २ दिने तालिम सम्पन्न

धादिङ । बागमती प्रदेश सरकार सस्कृती पर्यटन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र रिचेत सामुदायिक होमस्टेको समन्वयमा रुबीभ्याली ६ को रिचेत गाउँमा होमस्टे सन्चालन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

सोही वडाका अध्यक्ष एबं रुबीभ्याली गाउँपालिका प्रबक्ता समेत रहनु भएका समीर गुरुङको विशेष पहलमा भएको उक्त कार्यक्रमको सभापतित्वमा वडा अध्यक्ष गुरुङ आफै हुनुहुन्थ्यो भने प्रमुख आतिथ्यतामा बागमती प्रदेश सचिब हरिशरण बुढासैनी हुनुहुन्थ्यो भने तालिम प्रशिक्षकहरुमा शिवप्रसाद जैसी र शिव लामिछाने हुनुहुन्थ्यो ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेश सस्कृती पर्यटन तथा सहकारी मन्त्रालयका लेखा अधिकृत बिनोद प्रधान योजना शाखा अधिकृत बिजय बिडारी लगायत मन्त्रालयका कर्मचारीहरुको सहभागितामा स्थानीय बुद्धिजीवी महिला समुहका सदस्यहरु, रुबिभ्यालि ६ को विभिन्न टोलका महिला दिदिबहिनीहरु गरि ३७ जनाले होम स्टे कसरी संचालक गर्ने भनेर व्यावसायिक तालिम लिनु भएको थियो ।

साथै तालिममा सहभागी महिला दिदीबहिनी अत्यन्तै खुसी र उत्साही हुनु भएका छन ! तालिमले व्यावसायिक रुपमा होम स्टे संचालक गर्न सिकाएको र आगामी दिनमा सोही ब्यबसाय गरि आर्थिक लाभ गर्न सकिने बिश्वास गरिएको सहभागीले बताए ।

त्यस्तै २ दिने कार्यक्रमको समापन पछि साझ स्थानीय गुरुङ समुदायहरुले अतिथिहरुलाई नाचगान , दोहोरी सहित निकै मनोरञ्जन समेत गराउनु भएको कार्यक्रम आयोजकले होराईजन खबरलाई बताउनु भयो ।