दुर्घटनामा परि गम्भीर घाइते शर्मिला तामाङको जिबन रक्षाको निम्ति सहयोगको अपिल: एउटा खुट्टा समेत गुमेको

धादिङ । गत फागुन १२ गते थाक्रे – ८ मा भएको जीप दुर्घटनामा परि बि एन्ड बि अस्पतालमा उपचाररत शर्मिला तामाङको स्वास्थ्य अवस्था अहिले पनि गम्भीर छ । एउटा खुट्टा गुमि सकेको छ भने शरीरको ७/८ ठाउँमा फ्याक्चार भएको छ । त्यस्तै उपचारमा थुप्रै रकम खर्च भै सकेको र पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले अहिले उहाँकाे उपचारमा समस्या आएकोले सहयोगी मनहरुले आफुले सकेकाे सहयाेग गरि दिनु हुन सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक अनुरोध गरिन्छ ।

सेवा नै धर्म हो तपाई हाम्रो सानो सहयोगले शर्मिला तामाङले नयाँ जीवन पाउन सक्नु हुनेछ ।