धादिङ हुँदै सर्लाही जादै गरेको मिनिट्रक बाट ६२० केजी गाँजासहित एक जना पक्राउ

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत गजुरी गाउँपालिका–२ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागू औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

ट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर ६२०.४४ के.जी लागू औषध गाँजा ४५ प्याकेट फेला पारेको केसीले बताउनुभयो ।

बरामद गरिएको गाँजा बिक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।