धादिङका दुग्ध उत्पादक किसानद्धारा सरकारको ध्यानाकर्षणका लागि ज्ञापन पत्र पेश

काठमाडौं । दुग्ध उत्पादक सहकारी संघ धादिङका दुग्ध उत्पादक किसानहरुले भोग्नु परेका समस्याका बारेमा सरकारलाई गम्भिर ध्यानकर्षण गराएको छ । दुध तथा दुधजन्य पदार्थ उत्पादन तथा विक्रि वितरणमा व्यहोर्नु परेका समस्या समाधान गर्न माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेमार्फत दुग्ध उत्पादक किसानहरुले सरकारलाई ध्यानकर्षण गराएका हुन् ।

लम्पी स्कीन रोगबाट पशुहरूमा भएको क्षतिले आहात भएका किसान पुनः दुध नबिक्दा र बिक्री भएको दुधको समेत समयमा भुक्तानी नपाउँदा झनै समस्यामा परेको ज्ञापन पत्रमा भनिएको छ । नेपाल सरकारलाई बारम्बर ध्यानकर्षण गराउदा पनि समस्यको पहल हुन नसक्दा दुग्ध किसानहरु समस्य समाधानका लागि आन्दोलनमा उत्रिन बाध्य भएको दुध किसानहरुको भनाई छ ।

किसानले उत्पादन गरेको दुध खरिद गर्ने व्यावस्था गरी प्रभावकारी छानविन गरी अनुगमन आयत बन्द गर्न किसानले माग गरेका छन् । लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत र पुर्नस्थापना गर्ने गरी विशेष प्याकेज मिलाउनका साथै किसानले प्रयोग गर्ने विद्युत महशुलमा छुट गर्ने र संघीय सरकार र प्रदेश सरकारले सञ्चालन गरेका दुध प्रशोधन केन्द्रहरू अविलम्व सञ्चालनमा ल्याउने जस्ता किसानहरुले सरकारलाई १८ ओटा माग रहेका छन् ।

देशभर दैनिक ६५ देखि ७० लाख लिटरसम्म दुध उत्पादन हुने गरेको तथ्य सार्वजानिक गरेपनि विगत केही समयदेखि यहाँ उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर दुध बिक्री वितरण हुन सकिरहेको छैन ।