नारी विकास महिला सहकारी संस्थाको आयोजनामा धादिङमा लैङ्गिक हिंसा सम्बन्धी तालिम सम्पन्न

धादिङ । लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवालाहरु संग तालिम धादिङवेशीमा सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने अभियान अन्तर्गत पछिल्लो समयमा लैंगिक हिंसाको अबस्था,हालको आधुनिकरण संगसंगै सामाजिक संन्जालको दुरुपयोग ले निम्त्याएको हिंसाका प्रकारको बारेमा गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी विकास महिला सहकारी संस्थाको ब्यवस्थापन सहयोगमा शोमबार धादिङवेसीमा लैंगिक हिंसा बिरुद्धको जिल्ला सेवा केन्द्र संग सम्वन्धित विषय तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न तालिममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अभय लामाले समाजमा हुने अपराध,जन्य कार्य, लैङ्गिक हिंसाका प्रकारहरु, शहरी क्षेत्रमा देखिएको सडक सुरक्षाका समस्या तथा साईबर सुरक्षाका विषयमा सहजीकरण गर्नु भएको थियो ।

यसैगरी नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक हिंसाका घटनाले घर,परिवार र समाजलाई पार्ने असर,परिवारमा घरेलु तथा लैंगिक हिंसा हुदा त्यस परिवारका बालबालिकामा पार्ने असर आदीको बारेमा सहजीकरण गर्नु भएको थियो ।  

नारी जागरण केन्द्रका अध्यक्ष तथा जेष्ठ नागरिक चित्र कुमारी भण्डारीको अध्यक्षता तथा गैह्रसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दवाडीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लैंगिक हिंसा न्युनिकरण गर्नको लागी तिनै तहको सरकार,गैसस,नेपाल प्रहरी, विद्यालय लगायता सबै समेन्त्रहरुले प्राथमिकता दिई समाजमा सचेतना जगाउनु पर्ने छलफल गरिएको हो । 

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र लक्ष्य, उदेश्य, अवधारणाका साथ यस अभियानबाट २०८० फागुन १ गतेदेखी ३० गते सम्म विविध क्रियाकलापहरु गरिने कार्यक्रमको योजनाका बारेमा समेत जानकारी दिने उदेश्यले सरोकारवालाहरुको बिचमा कार्यक्रम आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक भगतवती उप्रेतीले बताउनु भएको छ ।

समाजमा हुने लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न र अभियानलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा कार्यक्रमका प्रमुख अतिथी एव्ं गैसस धादिका अध्यक्ष दुवाडीले बताउनु भएको छ । लैङ्गिक हिंसाबाट प्रभावितलाई न्यायको पहुँचमा पुर्‍याउका लागि आर्थिक बर्ष ०८०।०८१ केन्द्रले वार्षिक योजना तय गरी काम गरिरहेको आयोजक संस्था केन्द्रले जनाएको छ ।

कार्यक्रममा निलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेल,गैरीगाउँ मा.वि.निलकण्ठ ४ का सामाजिक शिक्षक डम्वर व.श्रेष्ठ, पशुपती माविकी सामाजिक शिक्षिका सम्झना राउत,पण्डितचौर आधारभुत विद्यालयकी सामाजिक शिक्षिका पार्वती भण्डारी सापकोटा,सुन्दरादेवी प्राविकी शिक्षिका,प्रयास नेपाल धादिका प्रतिनिधी उषा विक, नि.न.पा.३ वडाका वडा सचिव,निलकण्ठ नगरपालिकाका धादिङका योजना अधिकृतको आतिथ्यता रहेको थियो ।

यसैगरी फोकस नेपाल धादिङका कर्मचारी,समुहका प्रतिनिधीहरु नारी बिकास सहकारी संस्थाका प्रतिनिधी,संन्चारकर्मीहरु जिल्ला प्रहरी कार्यलयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।