फागुन ११ र १२ गते नीलकण्ठ क्याम्पस कबड्डी कप धादिङमा हुने

धादिङ । अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीको आयोजनामा फागुन ११ र १२ गते नीलकण्ठ क्याम्पस कबड्डी कप कर्भड हल परिसरमा प्रतियोगिता हुनेभएको छ ।

विद्यार्थीहरुमा खेलकुदको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारासहित कबड्डी कप आयोजना गरिएको अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष इश्वर आचार्यले बताउनुभयो ।

प्रतियोगितामा नीलकण्ठ क्याम्पसका सम्पुर्ण इच्छुक छात्र विद्यार्थीहरु साथै नीलकण्ठ माध्यामिक विद्यालयका कक्षा ११ र १२ का छात्र विद्यार्थीहरु सहभागि हुन पाउनेछन् । सहभागि हुनको लागि फागुन १० गतेसम्म टिम दर्ता गराउनुपर्ने आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार र द्धितिय हुनेले ५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।