५ स्वर्ण पदक बिजेता हिरा कुमाललाई अन्तर्राष्ट्रिय धादिङ समाजले २५ हजार नगद पुरस्कार प्रदान

धादिङ । जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ब्यक्तिगत तर्फ बाट ३ वटा र सामुहिक रुपमा २ वटा गरि ५ स्वर्ण पदक बिजेता ज्वालामुखी ५ खरी स्थित त्रिपूरा सुन्दरी माध्यमिक विद्यालयमा अध्यनरत छात्रा हिरा कुमाललाई अन्तरास्ट्रिय धादिङ समाज द्वारा २५ हजार नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको हो ।

बुधबार एक कार्यक्रम बिच पुरस्कार हस्तान्तरण समारोहमा वडा अध्यक्ष टक प्रसाद काप्री, बि.ब्य.स. अध्यक्ष टेक बहादुर भण्डारी, प्र.अ. रमेश गुरुङ सहितको सहभागितामा अन्तर्राष्ट्रिय धादिङ समाजका बरिस्ठ उपाध्यक्ष दिनेश तामाङले उक्त नगद पुरस्कार र सम्मान पत्र हस्तान्तरण गरिएको हो ।

नगद पुरस्कर बितरण ,बधाई तथा शुभकामना कार्यक्रमको संचालक बिधालयका Assembly Co-Ordinator चन्द्र तामाङ ले गर्नु भएको थियो भने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष र महासचिब राजन खकुराल र राजेन्द्र श्रेष्ठको समाजसेवा भावना प्रति बिब्यस अध्यक्ष टेक बहादुर भण्डारीले खुलेर प्रसंसा गर्नु भयो । त्यस्तै ज्वालामुखी ५ का वडा अध्यक्ष टंक प्रसाद काप्रीले अन्तराष्ट्रिय धादिङ समाजको हरेक क्रियाकलापको प्रशंसा गर्दै आघमी दिनहरुमा पनि संस्था बाट सहयोगको अपेक्षा राख्नु भयो ।