कपुरगाउँको सोनाम ल्होछार विशेष कार्यक्रमको उद्घाटन समारोहमा गायक बुद्ध लामा आउने

धादिङ । तामाङ समुदायको महान पर्व २८६० औ सोनाम ल्होसारको अवसरमा रुबीभ्याली ५ कपुर गाउँमा आयोजित सोनाम ल्होछार विशेष बृहत उद्घाटन कार्यक्रम हुने भएको छ ।

माघ २४ गते हुने उद्घाटन कार्यक्रममा प्रथम नेपाल आइडल, गायक बुद्ध लामाको विशेष प्रस्तुति तथा तामाङ भाषा बिदको विशेष सम्बोधन रहनेछ भने कार्यक्रमको प्रमुख आतिथ्य रुबीभ्याली गाउँपालिका अध्यक्षको रहने छ भने विशेष आतिथहरुमा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, रुबीभ्याली ५ र ६ का वडा अध्यक्षहरु रम्बा तामाङ र समीर गुरुङ एबं नागरिक नायक दिनेश तामाङको रहनेछ ।

उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ रुबीभ्यालीको आयोजना र फ्याफुल्ला महिला समुहको सह आयोजनामा ४ दिने बृहत सोनाम ल्होछार विशेष कार्यक्रम सहित गाउँपालिका स्तरीय भलिबल खेलको प्रतियोगिता हुने भएको हो ।
जस् अनुसार यहीँ माघ २४ गते कार्यक्रमको भलिबल खेल सहित उद्घाटन गरिने छ भने २६ गते सम्म भलिबल प्रतियोगिता हुने र माघ २७ गते २८६० औ सोनाम ल्होछारको मुख्य दिन बृहत सांस्कृतिक कार्यक्रमको आयोजना सहित हर्सो उल्लासका साथ आपसमा शुभकामना साटासाट गरि कार्यक्रम सम्पन्न हुनेछ ।