बुधबार देखि हुने नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कटेलले गर्ने

धादिङ । बुधवार देखि धादिङको गजुरी गाउँपालिका वडा नं.५ गलौंदीमा संचालन हुने नवौं धादिङ महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननिय शालिकराम जम्कटेलले उद्घाटन गर्ने भएका छन् । धादिङ उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ १० गते देखि २१ गते सम्म महोत्सव चल्ने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा २४० वटा स्टल रहने छन्, भने ती स्टलमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ धादिङ उद्योग बाणिज्य संघको अध्यक्ष विष्णु प्र थपलियाले जानकारी दिनु भयो । महोत्सवमा रमाइलो मेला पनि संचालन हुने छ । जल पर्यटनलाई प्रवद्धन गर्ने उद्देश्यले र्‍याफ्टिङको दुईवटा प्याकेज पनि सार्वजनिक गरिएको छ । जसमा घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुने आयोजकले जानकारी दिएको छ ।