रुबीभ्याली ६ कुप्चेतमा रहेकोे गुम्बाको आयोजनामा शान्ति पद यात्रा:५० जना लामाहरु सहभागी हुने

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ६ कुप्चेतमा रहेकोे श्री कर्मा वर्गङ डुप्चेन गुम्बाको आयोजनामा शान्ति पद यात्रा तथा वज्रकिला पुजा हुने भएको छ ।

भारतको कर्नटक स्थित श्री नम्ड्रोलिङ पेनोर रिन्पोछेको गुम्बाबाट खेन्पो हुनु भएको खेन्पो फुर्बा तामाङको प्रमुख आतिथ्यतामा ५० जना लामाहरुको सहभागीतामा मिति २०८० माघ १८ गते देखी माघ २० सम्म शान्ति पद यात्रा तथा वज्रकिला पुजा कार्यक्रम हुने सर्क लामा तामाङले होराईजन खबरलाई बताउनु भयो ।

शान्ति पद यात्राको तालिका निम्न लिखित रहेको छ ।
माघ-११ गते देखि तीन महान स्तूपहरूको तीर्थयात्रा गरिने ।
माघ-१२ गतेका दिन विश्राम ।
माघ-१३ गतेका दिन काठमाडौं देखि धादिङ सम्म पुग्ने ।
माघ-१४ धादिङको कार्यक्रम सम्पन्न गरि बोराङ पुग्ने।
माघ-१५ गतेका दिन बोराङको कार्यक्रम सम्पन्न गरि ठूलो गाउँ लापा पुग्ने ।
माघ-१६ गतेका दिन ठूलो गाउँ लापाको कार्यक्रम सम्पन्न गरि कुप्चेत पुग्ने।
माघ-१७ गतेका दिन कुप्चेतमा विश्राम।
माघ-१८-१९-२० गते सम्मा कुप्चेतमा वज्रकिला पूजा कार्यक्रम गरीने।
माघ-२१ गतेका दिन कूकु र ( Borang )हुँदै त्रिशूली पुग्ने।
माघ-२४-२५-२६ गतेका दिन नुवाकोट त्रिशूलीमा वज्रकिला पूजा कार्यक्रम।
फागुन-०५ गतेका दिन रसुवा आमा छोदिङ्ममो गत्लाङ पुग्ने।
फागुन-६-७ गतेका दिन”क्षेछु “दशमी पूजा गरी शान्तिपूर्ण शान्ति पद यात्रा -२०८०कार्यक्रमको समापन हुने ।