धादिङका अमृत तामाङले कुकियनबाट तेक्वान्दोको ५ डानको लाईसेन्स प्राप्त गर्न सफल

धादिङ । धादिङको तेक्वान्दो प्रशिक्षक अमृत तामाङले वल्ड तेक्वान्दो हेडक्वाटर (कुकियन)बाट ५ डान लिएको छ । नेपाली संघले दिने नेपाली प्रमाणपत्र नेपालमा मात्र मान्यता हुन्छ भने‚ कुकियनले दिने यो प्रमाणपत्रले विश्वको कुनै पनि देशमा मान्यता पाउने छ । अमृत तामाङ वि. स. २०५४ सालदेखि निरन्तर तेक्वान्दो खेलमा जोडिदै धादिङ जिल्लामा तेक्वान्दो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । उहाँले नेपाली सेनामा ३२ जनाको साथै अन्य विद्यालय र दोजाङ्हरुमा गरी ५०० जना भन्दा धेरै ब्ल्याकबेल्ट उत्पादन गरिसकेका छन् । उहाँ कुकियनबाट ५ डान लिने धादिङको पहिलो खेलाडी हुन् । हाल पनि धादिङ बोर्डिङ स्कुल र बीच बजार रहेको धादिङ तेक्वान्दो डोजाङ मा तालिम सञ्चालन गर्दै आइरहेको उहाँले धादिङको खेलाडीहरूलाई विभिन्न फ्रन्श‚ मेक्सिको‚ रुस र थाइल्याण्ड जस्ता देशहरुमा पनि प्रतियोगिता खेल्नको लागि पठाई सकेका छन् ।