मगर संघ धादिङले सिद्धलेकमा काैह्रा नृत्य प्रतियाेगिता गर्ने

धादिङ । नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले माघी पर्वको अवसरमा कौह्रा नित्य प्रतियोगिता गर्ने भएको छ । मगर समुदायको महान पर्व माघीको अवसर पारी कौह्रा नित्य प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिनुभयो ।
मगर समुदायमा प्रचलित कौह्रा लोक नृत्य प्रतियोगीता यही पौष २९ गते सिद्धलेक गाउपालिकाको बुङचुङमा गरिने भएको हो ।