धादिङको नयाँ पर्यटकीय स्थान ब्राेम्दिङ् हिल: कसरी पुग्ने त ब्राेम्दिङ् हिल ?

विपिन प्रसाद गुरागाँई, तारकेश्वर -६ । धादिङ जिल्लाकाे बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर १ मा पर्ने ब्रोम्दिङ हिल अर्थात् ब्राेम्दिङ् डाँडा अहिले धेरै पर्यटकको राेजाईमा पर्न थालेकाे छ।लगभग २०८० मिटरको उचाईमा अवस्थित ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ्ग र मकवानपुर जिल्लाको सिमानामा पर्दछ । धादिङ्गको सबैभन्दा दक्षिणी भेगमा रहेको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर एक र मकवानपुर जिल्लाको कैलाश गाउँपालिका  र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

लमतन्न परेकाे फाँट,सुन्दर थुम्का र सुन्दर हिमालकाे दृश्यले कसकाे मन नलाेभिएला ।
यस स्थानबाट उत्तरतर्फ लामबद्ध हिमश्रृङ्ख अन्नपुर्ण, माछापुछ्रे, गणेश, लाङटाङ, गौरीशंकर देखि सर्वोच्च शिखर सगरमाथाको चुचुरा आँखै अगाडी देख्न पाउँदा सबैकाे मन प्रफुल्लित हुन्छ।खुला अ‍ाकाश भएकाे बेला दक्षिणतर्फ बागमती प्रदेशको राजधानी हेटौडा देखि पर्साको विरगन्ज बजार, चितवनको भण्डारा बजार देखि गोरखाको मनकामना मन्दिर , काठमाडौंको चन्द्रागिरी र ललितपुरको फुलचोकी डाँडापनि देख्न सकिन्छ । एकै स्थानबाट हिमाल ,पहाड र तराईकाे फाँट हेर्न मन भए ब्राेम्दिङ् हिल अ‍ाउनुहाेला ।

कसरी पुग्ने त ब्राेम्दिङ् ?? पृथ्वी राजमार्ग भएर धादिङ्गको गजुरी बजारदेखि लगभग २७ किलोमिटरको दुरीमा रहेको यस डाँडामा सबै साना ठूला सवारी साधन लिएर पुग्न सकिन्छ । जरुङ भन्ने गाउँसम्म काठमाडौंदेखि दैनिक बस सञ्चालन पनि रहेकाे छ कलङ्कीबाट । बसको आरामदायी यात्रा गर्न पनि सकिन्छ भने अन्य निजी सवारी साधनबाट  पनि सजिलै पुग्न सकिन्छ । बस भने काठमाण्डाैबाट ११ बजे र जरुङ्बाट बिहानै ७ बजे छुट्दाे रहेछ ।काठमाडौंबाट ३ घण्टाकाे यात्रा पछि गजुरी बजारबाट दक्षिणतर्फ २७ किलोमिटरको यात्रा पार गरेपछि गजुरी,हटिया ,सुन्दरनाङ्गी ,सिम्टार हुँदै जरूङ सम्म गाडीकाे यात्रा कलङ्कीबाट ६ घण्टामा पुग्न सकिन्छ बसकाे यात्राबाट पुगिने अन्तिम गाउँ जरूङ् गाउँ । जरूङ् मा बस्ने हाेमस्टे हरु पनि रहेका छन् । हामी चार जनाकाे टाेली नवराज अर्याल , कृष्ण थापा , अशाेक बाेहाेरा दाइ र म सहित तारकेश्वर ग्रुप बसकाे यात्रामा जरूङ् पुगियाे । राजमार्ग अन्तर्गतकै आदमघाट, घाटवेशी, मलेखु लगायतका बजारबाट पनि यो स्थानमा पुग्न सकिन्छ ।धादिङ्गको धुनिबेशी नगरपालिकाको खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै चित्लाङ्, पालुङ ,डाँडेवास, दुम्सीखर्क खैलिङ् हुँदै ब्राेम्दिङ् पुग्न सकिन्छ तर धेरै घुमाउराे बाटाे पर्दछ । डाँडा पाखामा रमाउँदै यात्रा गर्नेकाे लागि भने यो मार्ग रमाईलाे हुन्छ । जरूङ् मा बास बसेर भाेलिपल्ट बिहान हामी चिया नास्ता गरेर उक्लन शुरु गर्याै । ब्राेम्दिङ् भनेकाे तामाङ्ग भाषामा खास झुरुप्प परेकाे बस्ती भन्ने बुझिन्छ तर खास अर्थ नभएकाे भनेर ब्राेम्दाेङ् कै स्थानीय चन्द्र तामाङ्गले जानकारी दिनुभयाे ।माथि डाँडामा रहेकाे गुराँस पार्क पनि अ‍ाकर्षक छ।खैलिङ्गमा कटेज बनिसकेकाे छ । तामाङ्गहरुकाे बसाेबास रहेकाे जरुङ् , ब्राेम्दिङ् तामाङ्गकाे संस्कृति रहनसहन बुझ्न तथा अर्गानिक खानाकाे लागि उपयुक्त गन्तव्य हाे । धन्यबाद चन्द्र तामाङ्ग, वीरबहादुर तामाङ्ग ,राजेन्द्र तामाङ्ग यति सुन्दर ठाउँ घुम्न सहजीकरण गरिदिनुभएकाेमा। हामीले त घुम्याै ब्राेम्दिङ् तपाईहरु पनि घुम्नुहाेला ।