सहिद स्मृति सञ्चार सहकारी संस्था १६ औ बर्षमा प्रवेश: अध्यक्षमा पुनः भण्डारी चयन

धादिङ । रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार जिल्ला सदरमुकाम धादिङवेशीको जिल्ला रेडक्रस भवनको सभाहलमा मनराज भण्डारीको अध्यक्षता जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संञ्चालक समिती अध्यक्ष,महासचिव,कोषाध्यक्ष तथा लेखा सपरीवेक्षण समितीले आ–आफ्नो बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त अधिवेशन बोदनाथ दुवाडीको संयोजकत्वमा रहेको ३ सदस्यीय निर्वाचन मण्डलबाट मनराज भण्डारी (शैलेश)को अध्यक्ष रहने गरि ११ सदस्यीय समिती निर्वाचित भएको छ ।

जस्को वरिष्ठ उपाध्यक्षमा सुदर्शन खतिवडा,संगीता कँडेल,महासचिवमा नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्म,सचिवमा अमृत तामाङ,कोषध्यक्षमा गीता अधिकारी सहितको पद्धाधिकारी निर्वाचित भएको हो ।
जस्को सदस्यहरुमा शुक्र कुमार श्रेष्ठ,हरि कृष्ण लम्साल,रामेश्वर सिंखडा,रामशरण सिन्चुरी र अर्जुन खतिवडा चयन भएको हो । त्यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा पुष्प राज थपलिया,सदस्यमा चन्द्र बहादुर लम्साल र सुमन अधिकारी रहेको छ ।

कार्यक्रमको अतिथिहरुमा नेकपा माओवादी केन्द्र केन्द्रिय सल्हाकार सदस्य वेदनिधी अधिकारी,राम बहादुर भण्डारी,एकिकृत अखिल नेपाल शिक्षक संगठनकाका केन्द्रिय समिती सदस्य शंकर अधिकारी,बागमती प्रदेश कमिटीका सदस्य दिपक विश्वकर्म,गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा,लक्ष्मण रम्तेल,केशरी प्रसाद पन्त,उत्तमराज कँडेल लगायत रहेको थियो ।