गंगाजमुना ७ का छबिलाल घलेको दुबै मृगौला फेल: सहयोगको लागि अनुरोध

धादिङ । गंगाजमुना गाउँपालिका वडा न. ७ का छबिलाल घलेको दुबै मृगौला फेल भै २०७८ साल देखि डायलायसिस गराई रहनु भएको छ । आर्थिक रुपमा कमजोर घलेको परिवारले नत मृगौला नै प्रत्यारोपण गर्न सकेको छ भने हाल डायलायसिस गर्न समेत आर्थिक अभावको कारण समस्या उत्पन्न भएको छ ।

यसर्थ सम्पुर्ण सहयोगी ब्याक्तित्वहरुमा आफुले जति सकिन्छ आर्थिक सहयोग गरेर छबिलाल घलेको जीवन रक्षाको निम्ति आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

हप्तामा ३ पटक मृगौला प्रत्यारोपण नगरे सम्म डायलायसिस गरि रहनु पर्ने र नियमित चेकजाँच र औषधि गर्दा महिनाको ३० हजार भन्दा बढी खर्च हुने गर्दछ । जसको निम्ति अहिले अत्यन्तै आर्थिक अभाव भएको छ । त्यस्तै मृगौला प्रत्यारोपणको लागि पनि ठूलो रकम आवस्यक पर्ने हुँदा मृगौला दान दिने ब्यक्ति पाएता पनि प्रत्यारोपण गर्न नसकिएको परिवारले होराईजन खबरलाई जानकारी दिए ।

सहयोगको लागि सम्पर्क :

बैंक खाता : नर माया घले (बिरामिको छोरी) 0170247827600017 “प्रभु बैंक”

सम्पर्क ब्यक्ति: छोरा दिपक घले 9762879632 / 9818668957