राम बहादुर तामाङको दुबै मृगौला फेल भै प्रत्यारोपण गर्नु पर्ने:आर्थिक सहयोगको लागि अनुरोध

धादिङ । रुबीभ्याली ५ कपुरगाउँका अत्यन्तै सहयोगी एबं सामाजिक कार्यमा आफ्नो जीवनको धेरै समय बिताई सक्नु भएका राम बहादुर तामाङको दुबै मृगौला फेल भै प्रत्यारोपण गर्नु पर्ने भएको छ ।

बिगत केही बर्ष देखि मधुमेह रोगले ग्रसित रहनु भएका तामाङ पछिल्लो समय शिक्षण अस्पताल काठमाडौमा शारीरिक परिक्षण गर्ने क्रममा दुबै मृगौला फेल भएको जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसर्थ तत्काल नै मृगौला प्रत्यारोपण गर्नु पर्ने र परिवारको आर्थिक अवस्था कम्जोर भएकोले सम्पुर्णमा आफुले सक्दो सहयोग गरेर बिरामी राम बहादुर तामाङको जीवन रक्षाको निम्ति मद्दत गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

तामाङले अन्धकारमा रहेको रुबीभ्याली ५ र ६ का कपुरगाउँ, लप्चेत, कुप्चेत लगायत अन्य २ वटा गाउँ लाई उज्यालो बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ । त्यस्तै नमस्ते ग्रामीण बिकास संस्था, साना किसान संस्था लगायत थुप्रै संघ संस्थामा काम गरि समाजलाई ठुलो योगदान पुर्याउनु भएको छ ।

सहयोगको लागि
ग्लोबल आइ एम इ बैंक : 35307010001204

सम्पर्क ब्यक्ति छोरी
धन माया तामाङ 9861512620

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here