पत्रकार शिव देबकोटा संगम पत्रकारिता पुरस्कार द्वारा पुरस्कृत

नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिकका सम्पादक शिव देबकाेटा संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नुवाकोटकाे अग्रणी सहकारी संस्था संगम बचत तथा ऋण सहकारीले आफ्नो २७ औ बार्षिक साधारणसभाकाे अवसरमा पत्रकार देबकाेटालाई पुरस्कृत गरेकाे हाे ।
शनिवार त्रिशूली काेलाेनीमा आयोजित सहकारीको साधारणसभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पत्रकार देबकाेटालाई दोसल्ला ,सम्मानपत्र र नगदसहित सम्मानित गरे ।
पुरस्कृत पत्रकार देबकोटा बिगत २६ बर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here