झार्लाङ मण्डलीहरुको ४५ औ बृहत् बार्षिक उत्सव तथा पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय कलाकार ‘ईकु’आउने

धादिङ।उत्तरी धादिङको खनियाबास गाउँपालिकामा वडा न.१,साबिक झर्लाङ गा.बि.स का बिश्वासीहरुले प्रभुको वचन ( सु–समाचार) सुनेको वा येशुलाई पाएको ४५ औ बर्ष पुगेको अवसरमा खनियाबास गाउँपालोका वडा न १ को जोङ खेल मैदानमा कार्तिक १३ गते झार्लाङ मण्डली इतिहास पुस्तक बिमोचन तथा पाष्टर अगुवा सम्मान कार्यक्रम हुने भएको छ ।

कार्तिक १३ गते हुन लागेको कार्यक्रममा प्रमुख बक्तको रूपमा रेभरेण्ड सिमोन पाण्डे आउने भएको छन । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्माकटेल,विशेष अतिथि _…,बागमती प्रदेशका सांसद डम्बर तामाङ, पाष्टर काली बहादुर तामाङ रहेका छन ।
त्यस्तै अतिथि कलाकारको रूपमा राष्ट्रिया ख्यति कलाकार हास्यकलाकार सुलेमन संकर( इकु) स्थानीय कलाकारको रूपमा गायक अभय योन्जन तामाङ र फदर ख्रीष्ट तामाङ रहेका छ ।अतिथिहरुमा झार्लाङ मण्डली पाष्टरहरु, खनियाबास गाऊपालिका अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ, गङ्गजमुना गाउँपालिका अध्यक्ष भक्त लामा , रुबिभ्याली गाउँपालिका अध्यक्ष राम सिङ तामाङ साविक झार्लाङ गा.बि .स खनियाबास गा.पा वडा न १ र २ का वडाध्यक्षा सोनाम तामाङ ,अरुण कुमार पाख्रीन र बिभिन्न पार्टी प्रतिनिधिहरु लगायतको उपस्थिति रहने ,कार्यक्रम अध्यक्ष मनोज तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here