इसाई जगतका धरोहर डा.रमेश खत्रीको निधन, भोली पुतली सडक चर्चमा श्रदाञ्जली सभा हुने

नेपाली ख्रीष्टियन समुदायको आत्मिक जागृतिका लागि अतुलनीय योगदान पु¥याउनुभएका डा. रमेश खत्रीको ७० वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर पीडित डा.रमेश खत्रीको आज शनिबार बेलुकी ५ः ५० मा हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

नेपाली इसाई जगतमा उतुलनीय योगदान पु¥याउनुभएका डा.रमेश खत्रीको प्रार्थिप शरिरलाई भोली आइतबार पुतली सडक चर्चमा राखेर दिउँसो २ बजे अन्तिम श्रदाञ्जली सभा गरिने नेपाल प्रार्थना अभियानका पूर्व अध्यक्ष बर्णबास तितुङले जानकारी दिनुभयो ।

बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयबाट पि एच.डि हाँसिल गर्नुभएका डा.रमेश खत्रीले २०६२ मा नेपालको शान्तिको लागि प्रार्थना अभियान सुरु गर्नुभएको थियो । त्यतिखेर तत्कालिन माओवादी र सत्तापक्ष बीच देशमा भीषण द्वन्द चलिरहेको थियो । हजारौँ नेपालीहरु मारिएका थिए ।

डा. रमेश खत्रीले देशमा शान्तिको लागि प्रार्थना अभियान सुरु गरेको १९ वर्ष पुगेको छ । उहाँले सुरु गरेको प्रार्थना अभियान अहिले पनि सञ्चालित रहेको छ ।

डा.रमेश खत्रीले नेपाली इसाई समुदायको निम्ति भजन गीत र अन्य विभिन्न पुस्तकहरु लेख्नुका साथै अन्य अतुलनीय योगदानहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here