माधव नेपाल प्रधानमन्त्री बन्दा कांग्रेस सरकारमा नजाने -महामन्त्री गगन थापा

युनिस तामाङ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले, सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।

अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्रीहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ ।’ उनले भने ‘ उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नु भएको छ । मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं । हामी फ्लोरबाट समर्थन गरौं ।’

उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै यसो हेर्दा सरकारमा सबै भएपनि जवाफ दिने बेला कसैले नदिँने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here