कुप्रो बनाइदिएको आरोपमा हत्या, आरोपित पक्राउ

धादिङ। नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ हजारेमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ परेको एक जनालाई सार्वजनिक गरेको छ ।

नेत्रावती डबजोङ गाउँपालिका हजारेका ७२ वर्षीया सुकमाया गुरूङको हत्या गरेको आरोपमा पक्राउ परेका ३५ वर्षीय मंगल गुरुङलाई आज जिल्ला प्रहरी कार्यलय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शुक्रबार दिउँसो ४ बजे मृतक गुरुङको शव फेला परेको भन्ने खबर प्राप्त भए पश्चात प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि खोजतलास गर्ने क्रममा गोठमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । अनुसन्धानको क्रममा मंगलको ढाड कुप्रो रहेकोले मृतक गुरुङले नै बोक्सी लगाई ढाड कुप्रो बनाइदिएको र गाईबाख्राले अन्नबाली खाएको विषयलाई लिएर मंगलले सुकमायालाई खुर्पा प्रहार गरी हत्या गरेको उहाँको भनाई छ । त्यस्तै उहाँले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

मृतक गुरुङको शवलाई पोष्टमाटर्मको लागि धादिङ अस्पताल धादिङमा राखिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here