आन्दोलनमा हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते

राजन गाऊले
सिन्धुली।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

सिन्धुली : शिक्षक आन्दोलनमा सहभागी हुन सिन्धुलीबाट काठमाडौं हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना परेको छ । विपी राजमार्ग अन्तरगत सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा ००१ज००६२ नम्बरको इलेक्ट्रोनिक जीप शुक्रबार दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

दुर्घटनामा परी शिक्षक कमलामाई ६ की निर कुमारी चालिसे, कमलामाई ५ की कमला घिमिरे, तिनपाटन १० का राजन कार्की, कमलामाई नगरपालिका ६ का सरोज थापा, कमलामाई १ का मुकुन्द थापा, भुवन थापा, कमलामाई ४ की बविता देवकोटा, बनेपा १० की गार्की बस्नेत, कनपा ६ का विष्णु ढकाल र उनका छोरा निश्चल ढकाल घाइते भएका छन्।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएको दाहालको भनाइ छ। घाइते हुनेमध्ये अधिकांशको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडकको बायाँ साइडको नालीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा ११ जना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here