नेपाल सुपर लिगको सम्झौता रद्ध गरेर बिमल घर्ती मगर अस्ट्रेलिया पलायन

काठमाडौं– नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्। देशमा ‘अवसर नपाएको’ भन्दै पछिल्लो समय एकपछि अर्को फुटबलरहरु विदेश पलायन भइरहेका छन्।

नेपाल सुपर लिग (एनएसल)का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता रद्ध गर्दै अस्ट्रेलिया उडेका हुन्।

विमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् विदेश उडेका हुन्। दुबईमा केही दिन बसेर उनी त्यहाँबाट अस्ट्रेलिया जाने बताइएको छ।

एन्फा एकेडेमीका उत्पादन विमल पछिल्लो समय भने आफ्नो लय कायम गर्न संघर्षरत थिए। उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा डेब्यू गोल गरेका थिए।

विमलले नेपालसँगै भारत र माल्दिभ्सका क्लबबाट पनि खेल्दै आएका थिए।
पछिल्लो समय अन्य खेलाडी पनि विदेश पलायन भइरहेका छन्।

विमलअघि अभिशेक रिजाल, दिनेश राजवंशी, सुमन अर्याल, निशान खड्का, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, रवि पासवान लगायतका खेलाडीहरु विदेश पलायन भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here