धमलाकी पत्नी एलिजा इलामबाट उपनिर्वाचन लड्ने

काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने तयारी गरेकी छन् ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त रिक्त क्षेत्रमा गौतमले उपनिर्वाचन लड्ने तयारी गरेकी हुन् ।

केही समयअघि उनले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै सक्रिय राजनीति त्यागेको घोषणा गरेकी थिइन् । तर अब फेरि सक्रिय राजनीति गरेर उनले उपनिर्वाचन लड्ने तयारी गरेकी हुन् ।

‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन् । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् । गौतम पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

निर्वाचन आयोगले इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here