धादिङ अस्पतालले स्वास्थ्य विमाको सुविधा लिन आएकालाई फरक व्यवहार गरेको भन्दै ज्ञापन पत्र पेश

धादिङ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङले आज जिल्ला अस्पताल धादिङलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीले जिल्ला अस्पताल धादिङका नि.मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि भण्डारीलाई एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाउनु भएको हो ।

केही महिना देखि अस्पतालमा डेड्गु संक्रमण बिरामीहरुमा अत्यधिक चापले गर्दा घण्टौसम्म लाइनमा बस्न पर्ने,स्वास्थ्य विमाको सुविधा लिन आएका नागरिकहरुलाई अस्पतालले अनावश्यक दुख दिई फरक व्यवहार हुने गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

जेष्ठ नागरीकहरुलाई उचित व्यवहार नभएको र कतिपय निशुल्क भनिएका औषधीलाई पनि शुल्क लिदै आएको स्वास्थ्य उपकरणहरु चुस्त दुरुस्त हुन नसकेको जस्ता माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here