नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले स्वर्गीय नेता सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठक एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नेम्वाङका दुई छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । छोराहरु आइपुगेमा बुधबार अन्त्येष्टि हुने छ भने सोही दिन सार्वजनिक बिदा पनि हुने बताइएको छ ।

गएराति हृदयघातका कारण नेम्वाङका निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here